काठमाडौँ । २ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिए ।
पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो । त्यो आजको बैठकले छर्लङ्ग भएको छ । प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो । मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ । तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो । यो मान्छेले देश बनाउँछ वा बनाउँदैन ।
जनताले जे भने, त्यहि बोलिदिए । सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ । सचेत गराउनपर्छ । मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ । नेता मात्र त चङ्गुलमा फँसे । विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो ।
पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाही भए पनि बोल्नपर्छ लाग्यो र बोले । सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए । मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन् ।
जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ । बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए । प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै । जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो । उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए । जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ । बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ ।
अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर । अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ । केहि परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ । एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ । आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म ।
सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु । पर्यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु । पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु ।
त्यसपछी, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ । कहाँ मैले कार्वाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाही गरेको । मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ । फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालको फेसबुककाट साभार

