२०८३, आश्विन १९ गते

images

पोखरा एभेन्जर्सको दोस्रो जित

पोखरा एभेन्जर्सको दोस्रो जित

बिहिवार, मंसिर २७ २०८११२:४७
बिहिवार, मंसिर २७ २०८११२:४७
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पहिलोपटक सुपरओभरमा खेल पुगेको छ। आज भएको पहिलो खेल अन्तर्गत विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो। 

    सुपर ओभरमा पोखरा एभेन्जर्सले जीत निकालेको छ। जारी लिगमा पोखराको यो दोस्रो जीत हो। पहिला टस जित्दै ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रन बनाएको थियो। 

    पोखराले उक्त लक्ष्य भेट्टाउने क्रममा २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन नै बनायो। त्यसपछि खेल सुपर ओभरमा गयो। सुपर ओभरमा पहिला बलिङ गरेको विराटनगरका लागि लेग स्पिनर सन्दीप लामिछानेले १८ रन दिए। पोखराका रेमोन रेफियरले २ छक्का र एक चौका प्रहार गरे।

    १९ रनको लक्ष्यमा विराटनगरका मार्टिन गुप्टिल र निकोलस किर्टनले मात्र ५ रन बनाउन सके र खेल पोखराले जित्यो। पोखराले पाँच खेलमा दुई हार र दुई जितसँगै अंकतालिकामा ४ अंक जोडेको छ भने विराटनगरको एक खेल मात्र जित्दै २ अंकसहित पुछारमा रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend