२०८३, आश्विन २० गते

images

सहकारी ठगी प्रकरण : फरार जीबी राईको राहदानी रोक्का

सहकारी ठगी प्रकरण : फरार जीबी राईको राहदानी रोक्का

शुक्रवार, मंसिर २८ २०८१०२:१९
शुक्रवार, मंसिर २८ २०८१०२:१९
  • images

    काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राईको राहदानी रोक्का गरिएको छ । राहदानी विभागलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिबीको राहदानी रोक्का राखिदिन भन्दै पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा उनको राहदानी रोक्का राखिएको हो ।

    कास्की जिल्ला प्रहरीले जिबीको राहदानी रद्द गरिदिनसमेत पत्राचार गरेको थियो । तर, विभागले राहदानी रद्द गर्न नमिल्ने बताएसँगै रोक्का राखिएको हो ।

    राहदानी ऐन २०७६ मा व्यवस्था भएबमोजिम राहदानी अध्यागमन, भ्रष्टाचार, सम्पत्ति सुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियारर कारोबार, संगठित अपराध र आतङ्कवाद सम्बन्धि कसुृरको अभियोगमा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का राख्न लेखी पठाउन सक्ने व्यवस्था रहेको छ । राईविरुद्ध पनि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धीकरणलयातका अभियोग छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend