२०८३, आश्विन २० गते

images

सुरक्षित कारोबार ऐनलाई सुधार गर्न सुझाव

सुरक्षित कारोबार ऐनलाई सुधार गर्न सुझाव

मंगलवार, पौष २ २०८१०६:२९
मंगलवार, पौष २ २०८१०६:२९
  • images

    काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धीत समस्याहरु समाधान गर्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्ने बताएका छन् ।

    मंगलबार अर्थ समितिमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा उनले जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या आएको भन्दै सबैलाई ऐनको प्रावधान र यसको फाइदा, प्रक्रियाको बारेमा जानकारी गराउनु पर्ने बताए ।

    उनले भने, ‘नेपालमा सुरक्षित कारोबार ऐनका समस्याहरु समाधान गर्ने उपायहरु हामीले राख्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्छ । भन्ने हिसाबले नेपाल सरकारको तर्फबाट प्रस्तुत गरेका छौ । कतिपय जनचेतनाको कमिले पनि ऐनको कार्यान्वयनमा समस्या पर्ने र सही रुपले कार्यान्वयन नहुने हुन्छ ।

    त्यसकारण सबैलाई ऐनको प्रावधान र यसको फाइदा र प्रक्रिया समेत जानकारी गराउनु पर्ने हुन्छ ।’

    यस्तै, उनले सुरक्षिक कारोबार ऐनलाई वर्तमान आर्थिक वातावरण र व्यवसायिक आवश्यकताहरु अनुसार पुनरावलोकन गर्नुपर्ने भन्दै नविनतम आर्थिक मोडेल र प्रविधिको आधारमा ऐनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend