२०८३, आश्विन २० गते

images

सतुगंल किशोरी हत्याः लो–बेडभित्र भेटिएको थियो शव

सतुगंल किशोरी हत्याः लो–बेडभित्र भेटिएको थियो शव

बिहिवार, पौष ४ २०८१०३:२९
बिहिवार, पौष ४ २०८१०३:२९
  • images


    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई प्रहरीले बुधबार राति साढे ९ बजे कोठाबाटै पक्राउ गरेको छ। प्रहरीका अनुसार सरिता र विश्वास नातेदार हुन।

    प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिता २९ मंसिरको राति १२ बजेदेखि सम्पर्कविहिन थिईन। उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। निवेदन परेपछि प्रहरीले सरिताको खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा ३ पुसको दिउँसो करिव ३ बजे उनको शव फेला परेको थियो।

    सरिताको शव उनी वस्दै आएको चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र फेला परेको थियो। विश्वासले सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाएर भागेको खुलेको छ।

    किशोरीको शव भेटिएपछि उनले प्रयोग गर्ने मोवाईललाई केन्द्रित गरेर अनुशन्धान सुरु गरेको प्रहरी विश्वाससम्म पुग्न सफल भएको प्रवक्ता अधिकारीले वताए। अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो। त्यसपछि उनले घटना पनि स्विकार गरे। सामान्य विवादमा भवितव्यमा परेर सरिताको हत्या भएको उनको जिकिर छ।

    मृतक किशोरी नैकापस्थित विष्णुदेवी शिक्षा सदन माविमा कक्षा १० मा अध्ययनरत थिइन्। विश्वासलाई आजै काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend