२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • चार करोड १४ लाखमा बन्यो क्व्होंलासोथारको...

चार करोड १४ लाखमा बन्यो क्व्होंलासोथारको प्रशासकीय भवन, सञ्चारमन्त्री गुरुङले गरे उद्घाटन

चार करोड १४ लाखमा बन्यो क्व्होंलासोथारको प्रशासकीय भवन, सञ्चारमन्त्री गुरुङले गरे उद्घाटन

सीएनएन खबर
बिहिवार, पौष ४ २०८१०५:२८
सीएनएन खबर
बिहिवार, पौष ४ २०८१०५:२८
  • images

    काठमाडौँ । लमजुङको क्व्होंलासोथार गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ ।

    बिहीबार सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले बिहीबार उद्घाटन गरेका हुन् ।
     
    गण्डकी प्रदेश सरकारले दुई करोड रुपैयाँ र गाउँपालिकाको दुई करोड गरी चार करोड १४ लाख १२ हजार नौ सय ३९ रुपैयाँको लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । 

    उनका अनुसार भवनले दुई रोपनी चार आना जग्गा चर्चेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend