२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • दोर्दी गाउँपालिकामा अकबरे खुर्सानी खेतिका लागि...

दोर्दी गाउँपालिकामा अकबरे खुर्सानी खेतिका लागि ३० लाख बजेट: प्रस्ताव पेश गर्न आह्वान

दोर्दी गाउँपालिकामा अकबरे खुर्सानी खेतिका लागि ३० लाख बजेट: प्रस्ताव पेश गर्न आह्वान

सीएनएन खबर
मंगलवार, पौष ९ २०८१०६:४४
सीएनएन खबर
मंगलवार, पौष ९ २०८१०६:४४
  • images

    दोर्दी गाउँपालिकाले अकबरे खुर्सानि खेतीका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अकबरे खुर्सानीको व्यवसायीक खेति गर्न चाहने कृषकका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिनका लागि चालु आर्थिक वर्षमा यतिका बजेट बिनियोजन गरेको हो ।

    चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढिकरण कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । गत वर्ष दोर्दी गाउँपालिका ४ कामचोक, बाँसबोट र कुखुरेढुङ्गा गाउँमा परिक्षणको रुपमा गरिएको अकबरे खुर्सानी खेति सफल भएपछि यसवर्ष गाउँपालिकाले अकबरे खेतिको क्षेत्रफल विस्तार गर्नका लागि बजेट बिनियोजन गरेको अधिकारीले बताए ।

    गाउँपालिकाले गत वर्ष विउ खरिद र मल्चिङ प्लाष्टिक खरिदका लागि दोर्दीे साना किसान सहकारी संस्थालाई ४० हजार रुपैयाँ अनुदान दिएको थियो ।

    AAKABARE.jpg
    अकबरे खुर्सानी

    गतवर्ष करिव १५ रोपनी क्षेत्रफलमा गरिएको अकबरे खुर्सानी खेतिबाट १२ देखि १५ लाख रुपैयाँ सम्म आम्दानी गर्न सफल भएको दोर्दी साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष सुकबहादुर गुरुङले बताए । गत वर्ष लगाइएको खुर्सानीको बोटले अझै पनि उत्पादन दिइरहेको छ ।

    परिक्षणको रुपमा पहिलो पटक व्यवसायीक अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक निकै उत्साहित बनेका छन् । उनिहरुले उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि उनिहरु झनै हौसीएका छन् ।

    गतवर्ष परिक्षणका रुपमा गरिएको अकबरे खुर्सानी खेती सफल भएपछि गाउँपालिकाले यस वर्ष एउटा वडामा कम्तिमा पनि एकसय रोपनी क्षेत्रफलमा व्यवसायीक अकबरे खुर्सानी खेती गर्ने योजना बनाएको छ ।

    गाउँपालिकाले पुष एक गते सार्वजकि सुचना जारी गर्दै व्यवासायीक अकबरे खुर्सानी खेति कार्यक्रममा सहभागी हुने चाहनेका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । न्युनतम एक रोपनी क्षेत्रफलमा खुर्सानी खेति गर्न इच्छुक कृषक, कृषक समुह, कृषि फार्म र कृषि सहकारीले आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

    गाउँपालिकाले बिउ खरिद, मल्चिङ प्लाष्टिक खरिद लगायतका लागि ५० प्रतिशत अनुदान दिने जनाएको छ । गाउँपालिकाले निशुल्क रुपमा प्राविधिक सहयोग समेत उपलब्ध गराउने जनाएको छ । इच्छुक कृषक, कृषक समुह, कृषि फार्म र कृषी सहकारीले पुष २१ गतेभित्र निवेदन सहित प्रस्ताव पेश गर्न सुचित गरेको छ ।

    कृषक समुह, कषि फार्म दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कृषक समुह, फार्म र सहकारीको हकमा निर्णयको प्रतिलिपि र कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

    यसैगरी कार्यक्रम सञ्चालन हुने जग्गाको जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि वा स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि वा कम्तिमा पाँच वर्षको जग्गा भाडामा लिएको सम्झौता पत्र र त्यस्तो जग्गाको जग्गाधनी प्रमाणपुर्जा र वडा कार्यालयको सिफारीसको सहित निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend