२०८३, आश्विन १९ गते

images

दोर्दीले दियो बालिकालाई आत्मरक्षा तालिम

दोर्दीले दियो बालिकालाई आत्मरक्षा तालिम

बिहिवार, पौष ११ २०८११२:१६
बिहिवार, पौष ११ २०८११२:१६
  • images

    काठमाडौँ । दोर्दी गाउँपालिकाले बालिका आत्मरक्षा तालिम स ञ्चालन गरेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम बालिका आत्मरक्षा कार्यक्रम अन्तर्गत दोर्दीका माध्यामिक विद्यालयहरुमा बालिका आत्मरक्षा तालिम सञ्चालन गरिएका गाउँपालिकाले जनाएको छ । 

    बालिका हिंसा न्यूनीकरण गर्ने उद्देश्यले दोर्दी गाउँपालिका भित्र रहेका ८ वटा माध्यामिक विद्यालयमा अध्ययनरत किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । 

    उनका अनुसार हालसम्म दोर्दी ७ मा रहेको बालकल्याण माध्यामिक विद्यालय, दोर्दी ४ मा रहेको चैतन्योदय सत्य माध्यामिक विद्यालय, दोर्दी ५ मा रहेको पाचोक माध्यामिक विद्यालयमा बालिका आत्मरक्षा तालिम सञ्चालन गरिसकिएको छ । फलेनी माध्यामिक विद्यालयमा विहिबार तालिम सञ्चालन गर्ने कार्यतालिका रहेको छ । कक्षा, ८, ९ र १० मा अध्ययनरत सवै बालिकाहरुलाई आत्मरक्षा सम्वन्धी आधारभुत विषयको शैद्धान्तिक र प्रयोगात्मक सिप सिकाइएको छ । 

    सहभागी बालिकाहरुलाई कराँते खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक एवं कराँते महासंघ लमजुङका अध्यक्ष प्रेमबहादुर गुरुङ र मस्र्याङ्दी कराँते डोजो भोटेओडारका सहायक प्रशिक्षक आयुष गुरुङले प्रशिक्षण दिएका थिए । 

    बालिका माथि हुने बलात्कार, जबर्जस्ती करणी, कुटपिट जस्ता घटना मौलाउँदै गएका बेला दोर्दी गाउँपालिकाले किशोरीहरुको सुरक्षाको निम्ति  आत्मरक्षा तालिम सञ्चालन गरेको दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए । किशोरीको सुरक्षा र आत्मरक्षा सीप विकासका लागि गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ ।

    महिला हिंसाबाट बच्न, हिंसाको प्रकारबारे सचेतना फैलाउन र आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा पहिलो चरणमा गाउँपालिकाभित्रका किशोरीलाई शारीरिक तथा सैद्धान्तिक तालिम प्रदान गरिएको प्रशिक्षक प्रेमबहादुर गुरुङले बताए । 

    महिला हिंसा हुनुको कारण, कानुनी उपचार र घटना भइहाले कसरी न्यायका लागि लड्न सकिन्छ भन्ने विषयमा बालिका तथा किशोरीलाई शारीरिक तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend