२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर...

सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छः उपप्रधानमन्त्री सिंह

सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छः उपप्रधानमन्त्री सिंह

सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:१०
सीएनएन खबर
शुक्रवार, पौष १२ २०८१०३:१०
  • images

    भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् । 

    शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्दै उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन र अवसर सिर्जनामा टेवा पु¥याउने बताए । 
    । 

    ‘हाम्र पुर्खाले हामीलाई सिकाएर गएका सिपहरु, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्याउँछ भन्ने मलाई विश्वास छ,’ उपप्रधानमन्त्री सिंहले भने,  ‘आफू जन्मेको ठाउँमा बसेर  के नै गर्न सकिन्छ र रु भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ ।  काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ ।’   

    madhyapur festival.jpg

    मध्यपुर  महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन मद्धत गर्ने भन्दै उनले महोत्सव सफलताको शुभाकामना दिए। 

    सिंहले भने, ‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ । महोत्सवको लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ ।’

    महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend