२०८३, आश्विन २० गते

images

कैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री राणाको घोषणा

कैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री राणाको घोषणा

शनिवार, पौष १३ २०८११०:४१
शनिवार, पौष १३ २०८११०:४१
  • images

    काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले आउने चुनावमा आफू कैलालीबाटै चुनाव लड्ने बताएकी छन्। शनिबार धनगढी आयोजित कार्यक्रममा उनले पहिले केही कारणले चुनाव हारेको भए पनि फेरि पनि आफू त्यही क्षेत्रमा आएर चुनाव लड्ने विचारमा रहेको सुनाइन्।

    २०७४ को चुनावमा  कैलाली क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि रानासँग झण्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन्। त्यतिबेला नेकपा एमाले र माओवादीबीच सुनावी तालमेल भएको थियो।

    फरक प्रसँगमा उनले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताइन्। वर्तमान सरकारले मुलुकलाई आर्थिक र समाजिक रुपमा कसरी अगाडि बढाउने भन्नेमा ध्यान केन्द्रित गरेकाे र त्यसका लागि लगानीको  वातावरण बनाउन  क्रियाशील रहेको समेत सुनाइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend