२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • दोर्दीमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय...

दोर्दीमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय जनाले लिए सेवा

दोर्दीमा सञ्चालित स्वास्थ्य शिविरमा ७ सय जनाले लिए सेवा

आइतवार, पौष १४ २०८१०८:१०
आइतवार, पौष १४ २०८१०८:१०
  • images

    काठमाडौँ । दोर्दी गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिव ७ सय जनाले सेवा लिएका छन् । दोर्दी गाउँपालिका र एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारको संयुक्त आयोजनमा फलेनी माध्यामिक विद्यालय दोर्दी ८ बन्सारमा सञ्चालित शिविरमा ६ सय ९२ जना नागरिकले सेवा लिएका छन् ।

    शिविरमा ५ सय ३२ जना महिला र १ सय ६६ जना पूरषले सेवा लिएका हुन् ।  एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारका प्रमुख हेमन्त श्रेष्ठका अनुसार शिविरमा १ सय ५२ जनाले ल्याव सेवा, ४५ जनाले फिजियोथेरापी सेवा, ९० जनाले डेण्टल सेवा, ७५ जनाले महिला स्वास्थ्य सम्वन्धि सेवा, १ सय ७६ जनाले सामान्य परिक्षण सेवा र १ सय ५६ जनाले भिडियो एक्सरे सेवा लिएका छन् ।

    दुर दाजमा रहेका नागरिकलाई गाउँघरमै सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्थानिय सिद्धार्थ मिलन आमा समुह, हिले बजार युवा क्लवको सहकार्य र टिम माया स्टिर नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । 

    उक्त शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दोर्दी गाउँपलिका अध्यक्ष युवराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिकाले स्वास्थ्य सम्वन्धी गतिविधि सञ्चालन गरिरहेको बताए । दोर्दीका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व स्थानिय सरकारको रहेको बताउँदै विभिन्न सहयोगी निकायसँगको सहकार्यमा शिविर सञ्चालन गर्दै आएको बताए । दोर्दी गाउँपालिकाको हरेक टोल र हरेक वडामा स्वास्थ्य शिविर लैजाने योजना बनाएको उनले बताए ।

    नमुना सामुदायिक अस्पतालले स्थानिय पालिका र विभिन्न संघ संस्थाको समन्वयमा प्रत्येक महिना गाउँ गाउँमा सेवा प्रवाह गर्दै आएको छ । अस्पतालको सेवाको विषयमा जानकारी गराउने र दुर दराजमा रहेका नागरिकलाई सेवा प्रवाह उपलब्ध गराउन अस्पतालले गाउँटोल सम्म पुगेर सेवा प्रवाह गर्दै आएको छ । एचडिसिएस नमुना सामुदायिक अस्पतालमा कार्यरत विशेषज्ञ सहित सेवा प्रवाह गरिएको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend