२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई भन्यो,‘रोयल्टी र...

दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई भन्यो,‘रोयल्टी र आरटीडीएफको रकम तिर्नू’

दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई भन्यो,‘रोयल्टी र आरटीडीएफको रकम तिर्नू’

बिहिवार, पौष १८ २०८१०४:३३
बिहिवार, पौष १८ २०८१०४:३३
  • images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रकम भुक्तानी गर्न इन्टरनेट कम्पनीलाई पत्राचार गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै रोयल्टी र ग्रमीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)बापतको रकम तिर्न बाँकी रहेका कम्पनीलाई पत्राचार गरेको हो ।

    दूरसञ्चार सेवाप्रदायकले सेवा सञ्चालन गरेबापत कुल आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष तिर्नुपर्ने कानुनी व्यवस्था छ । कतिपय इन्टरनेट सेवाप्रदायकले मर्मत सम्भारलगायत शीर्षकबाट प्राप्त गरेको आम्दानीमा रोयल्टी तथा आरटीडीएफ नबुझाएको प्राधिकरणले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend