२०८३, आश्विन २० गते

images

सीएसआरको विवरण बुझाउन उद्योगीलाई विभागको निर्देशन

सीएसआरको विवरण बुझाउन उद्योगीलाई विभागको निर्देशन

शुक्रवार, पौष १९ २०८१११:२२
शुक्रवार, पौष १९ २०८१११:२२
  • images

    काठमाडौँ । उद्योग विभागले व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तरगतको खर्च विवरण बुझाउन उद्योगीलाई निर्देशन दिएको छ । 

    विभागले बुधबार एक सूचना जारी गर्दै पुस मसान्तभित्र वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने घरेलु तथा साना उद्योगले वार्षिक रुपमा व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) विवरण बुझाउन निर्देशन जारी गरेको हो । 

    ‘प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र सम्बन्धित उद्योग दर्ता गर्ने निकाय समक्ष पेश गर्नुपर्ने कानूनी प्रावधान छ’, विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

    विभागले उक्त कानूनी व्यवस्था अनुसार हालसम्म विवरण पेश नगर्ने उद्योगहरुले तोकिएको समयभित्र अनिवाषर्् रुववमा विवरण पेश गर्न अनुरोध गरेको हो । 

    तोकिएको  समयभित्र विवरण पेश नगर्ने उद्योगलाई विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४३ को उपदफा (७) बमोजिम कारवाही हुने जनाएके छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend