२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा...

अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छः उपप्रधानमन्त्री सिंह

अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छः उपप्रधानमन्त्री सिंह

सीएनएन खबर
आइतवार, पौष २१ २०८१११:२७
सीएनएन खबर
आइतवार, पौष २१ २०८१११:२७
  • images

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् ।

    आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गरे ।

    उनले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाई थियो ।

    ‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’

    त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए । अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए ।

    जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो । पत्रकार भेटघाटका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि सहभागि थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend