२०८३, आश्विन १९ गते

images
  • अटो
  • टाटा पन्च बन्यो भारतमा सबैभन्दा धेरै...

टाटा पन्च बन्यो भारतमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी

टाटा पन्च बन्यो भारतमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी

आइतवार, पौष २१ २०८१०१:२१
आइतवार, पौष २१ २०८१०१:२१
  • images

    काठमाडौं । २०२४ मा भारतमा टाटाको पन्च सबैभन्दा धेरै बिक्री हुने कार बन्यो । गतवर्ष टाटाले भारतमा २ लाख २ हजार ३० वटा पन्च बिक्री गरेर रेकर्ड बनाएको थियो । १० लाख भारतिय रुपैया भन्दा बढी मूल्यका एसयूभीको बिक्री बढ्दा मारुती सुजुकीको बजार हिस्सा प्रभावित हुन पुगेको थियो । 

    २०२४ मा टाटा पन्चले मारुती सुजुकी वेगनआरलाई पछि पार्दै सर्वाधिक बिक्री हुने कार बनेको हो। गतवर्ष मारुती वेगनार १ लाख ९० हजार ८ सय ५५ वटा बिक्री भएको थियो । यसअघि मारुती सुजुकीका कार नै वर्षौँदेखि सर्वाधिक बिक्री हुने कारका रुपमा रहँदै आएको थियो । 

    २०२१ मा सार्वजनिक भएको टाटा पन्च १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्स सहित सब फारेमिटर एसयूभीका रुपमा बजरमा आएको थियो । सार्वजनिक भएपश्चात टाटा पन्च भारतमा मासिक १० हजारभन्दा बढी बिक्री हुँदै आएको छ । 

    टाटा पन्च गत वर्ष ईभी भर्सनमा आएको थियो । टाटा पन्च र पन्च ईभी नेपाली बजारमा पनि उपलब्ध रहेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले पन्चको आईसी र ईभी दुवै भर्सन बिक्री गरिरहेको छ । पन्च ईभी नेपाली बजरमा धेरैको रोजाइमा परेको एसयूभी कार हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend