२०८३, आश्विन २० गते

images
  • राजनीति
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि जारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि जारी

सोमवार, पौष २२ २०८१११:०५
सोमवार, पौष २२ २०८१११:०५
  • images

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । बैठक आइतबारदेखि काठमाडौँको एक पार्टी प्यालेसमा जारी छ । 

    बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रदेश अध्यक्षहरूले प्रदेशको अवस्थाबारे ब्रिफिङ गरेका छन् । 

    आज अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनउपर केन्द्रीय सदस्यहरूले आफ्ना धारणाहरू राख्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend