२०८३, आश्विन २० गते

images

सचिव डा.सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सचिव डा.सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार, पौष २२ २०८१०२:३३
सोमवार, पौष २२ २०८१०२:३३
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. नम्रता सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका तत्कालीन सचिव डा. सिंहसहित ८ जना र कृषि फार्म प्रा.लि. विशेष अदालत काठमाडौँ मुद्दा दायर गरिएको हो । 

    अख्तियारका प्रवक्ता नरहरि खतिवडाका अनुसार कृषि, पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको पाइएको छ ।  सचिव सिंहविरुद्ध एक करोड बिगो माग दाबी गरिएको छ ।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend