काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पदावधि थपिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थपेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार पुस २३ गते ४ वर्षे पदावधि पूरा हुन लागेका चारै डीआईजीहरूको पदावधि १ वर्ष थप भएको छ ।
सेनाका यी ३ महासेनानीहरू रथीमा बढुवा
सरकारले नेपाली सेनाका ३ महासेनानीलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बढुवाको निर्णय गरेको हाे । बढुवा हुनेमा महासेनानी सुनिलसिंह राठोर, महेश राणा र दीपेन्द्र गुरुङ रहेका छन् । बढुवा सम्बन्धी निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

