२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला...

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

सीएनएन खबर
बिहिवार, पौष २५ २०८११०:५४
सीएनएन खबर
बिहिवार, पौष २५ २०८११०:५४
  • images

    काठमाडौँ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाख रुपैयाको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब दुई करोड रुपैयाले बढी हो । गत वर्ष यहाँका किसानले तीन करोड ५० लाख रुपैया बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ थियो । 

    यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारील दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताए । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ थियो । 

    उनले भने, ‘काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।’ उनले यस वर्ष पनि  सुन्तला खेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए । 

    गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष १२ लाख ५० हजार  रुपैयाको सुन्तला बेचिसकेको जानकारी दिँदै एक लाख रुपैयाको बिक्री गर्न बाँकी रहेको बताए । आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ थियो । 

    ‘हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ’, कँडेलले भेन, ‘मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।’

    किसान देवीलाल कँडेलले अघिल्लो वर्ष तीन लाख रुपैयाको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले चार लाख  रुपैया भन्दा बढीमा बिक्री भएको बताए । व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend