२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • किन गर्‍यो क्यानले क्रिकेटर लामिछानेलाई कारबाही...

किन गर्‍यो क्यानले क्रिकेटर लामिछानेलाई कारबाही ?

किन गर्‍यो क्यानले क्रिकेटर लामिछानेलाई कारबाही ?

सीएनएन खबर
मंगलवार, माघ ८ २०८१०२:३७
सीएनएन खबर
मंगलवार, माघ ८ २०८१०२:३७
  • images

    काठमाडौँ । नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई कारबाही गरेको छ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेलाई अनुशासन उल्लंघन गरेको भन्दै क्यानले कारबाही गरेको हो । 

    उनले केही दिनअघि मात्रै जय ट्रफीको क्रममा सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको प्रवक्ता छुम्बि लामाले बताए। 

    यस्तै क्यानले उनलाई कारबाही गर्दै एउटा खेलमा प्रतिबन्ध लगाउँदै स्पष्टीकरण पनि सोधेको छ।  

    क्यान र खेलाडीबिचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ। सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निस्कर्ष छ। 

    जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए। उनको टोली फाइनलमा पुग्न सकेन। नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend