२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा...

कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट

कुमारी बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट

सीएनएन खबर
मंगलवार, माघ ८ २०८१०३:३९
सीएनएन खबर
मंगलवार, माघ ८ २०८१०३:३९
  • images

    काठमाडौँ । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौं स्थित वात्सल्य नेचुरल आईभिएफ प्रालि बीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकले वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    सो सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनेछ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

    वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकि ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend