२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • २३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको...

२३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको खोसियो जिम्मेवारी

२३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको खोसियो जिम्मेवारी

बिहिवार, माघ १० २०८१०४:२८
बिहिवार, माघ १० २०८१०४:२८
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको अधिकार कटौती गरेको छ । 

    सामान्य प्रशासन मन्त्रालयले बुधबार एक निर्णय गर्दै १० वटा नगरपालिका र १३ वटा गाउँपालिका गरी २३ वटा स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशसनिक जिम्मेवारी रद्द गरिएको जनाएको हो । 

    मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार २०८१ साल जेठ १८ देखि धनुषा नगरपालिकाको निमित्त प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारीमा रहेका अधिकृत छैटौं तहका संजित प्रसाद दास, कञ्चनरुप नगरपालिकामा अधिकृत सातौ तहमा कार्यरत रही गत भदौं ३१ गतेदेखि निमित्तको जिम्मेवारीमा रहेका नवराज खड्का, सिरहा नगरपालिका अधिकृत छैटौं तहका बलिराम यादव, लोहरपट्टी नगरपालिकामा अधिकृत छैटौं तहमा स्वास्थ्य सेवाका निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारीमा रहेका बदरुल अन्सारी, र महागढी नगरपालिकामा निमित्तमा कार्यरत स्वास्थ्य सेवा सातौ तहका विजय कुशवाहको जिम्मेवारी रद्द भएको छ । 

    यस्तै, पोखरिया नगरपालिकामा कार्यरत स्वास्थ्य सेवा सातौं तहका अजय कुमार श्रीवास्तव, मंगलसेन नगरपालिकामा कार्यरत अधिकृत छैटौं तहका खकेन्द्र बहादुर सोडारी र महाकाली नगरपालिकामा गत बर्ष चैत्र २८ गतेदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका नरसिंह बडाललाई आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरिएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend