२०८३, आश्विन २० गते

images
  • समाचार
  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने इन्स्पेक्टर विष्ट दोषी ठहर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने इन्स्पेक्टर विष्ट दोषी ठहर

आइतवार, माघ १३ २०८१११:०८
आइतवार, माघ १३ २०८१११:०८
  • images

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्ट दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको हो ।

    विष्टलाई ४ हजार जरिवाना तिर्ने फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।

    अख्तियारले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो । माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ। विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend