२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • २०७७ सालसम्म स्थायी भएका कर्मचारीले मात्र...

२०७७ सालसम्म स्थायी भएका कर्मचारीले मात्र अवकास सुविधा पाउने

२०७७ सालसम्म स्थायी भएका कर्मचारीले मात्र अवकास सुविधा पाउने

सोमवार, माघ १४ २०८१०३:३६
सोमवार, माघ १४ २०८१०३:३६
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २०७७ सालसम्म स्थायी भएका कर्मचारीले मात्रै अवकास सुविधा पाउने स्पष्ट पारेको छ । 

    मन्त्रालयले सोमबार एक परिपत्र जारी गर्दै २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहेका कर्मचारीले मात्र अवकास सुविधा पाउने स्पष्ट पारेको हो । 

    मन्त्रालयले स्थानीय तह कार्यान्वयनमा आउनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तरता हुने जनाएको हो ।  

    साविक जिल्ला विकास समितिमा स्थायी नियुक्ति भई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भई कानून बमोजिम अवकास भइसकेका र अवकास हुने कर्मचारीहरू तथा सोही ऐन बमोजिम अन्य सेवाबाट स्थानीय तहमा समायोजन भई गएका कर्मचारीको अवकास पछिको सेवा सुविधा भुक्तानी सम्बन्धमा मन्त्रालयले पुस ९ गते निर्णय गरेको थियो । 

    उक्त निर्णय स्पष्ट नभएको भन्दै मन्त्रालयले सोमबार एक परिपत्र जारी गर्दै स्पष्ट पारेको हो । 

    ‘साविक जिविसमा स्थायी नियुक्ति भई गाउँपालिका÷नगरपालिकामा समायोजन भएका र समायोजन ऐनको दफा ६ (३) बमोजिम प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीको सेवा निवृत सुविधा अर्को व्यवस्था नभएसम्मको लागि नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको तर साविक गाउँ विकास समिति तथा नगरपालिकामा स्थायी नियुक्ति भई हाल गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका कर्मचारीको अवकास पश्चातको सुविधा उक्त निर्णयले नसमेटेको हुँदा साबिकको व्यवस्था अनुसारनै गर्नुपर्ने व्यहोरा स्पष्ट गरिन्छ’, मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

    notice.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend