२०८३, आश्विन २० गते

images

मर्स्याङ्दी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण

मर्स्याङ्दी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण

बुधवार, माघ १६ २०८१०२:३२
बुधवार, माघ १६ २०८१०२:३२
  • images

    काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ ।  शिलान्यास भएको १८ महिनामै भवन निर्माण गरिएको हो । 

    भवनको यही माघ २० गते उद्घाटन गर्ने गाउँपालिकाले तयारी गरेको छ । नवनिर्मित गाउँपालिका भवनको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    भवनको पहिलो तल्ला अपाङ्गमैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहेको छ । भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ ।

    २८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ ।

    प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको पालिका अध्यक्ष अर्जुन गुरुङले बताए । 

    २०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको भवनको २०८१ फागुन १५ गते अध्यक्ष गुरुङले शिलान्यास गरि निर्माण कार्यको प्रारम्भ गरेका थिए । 

    भवन निर्माणको लागि संघीय सरकार स्थानिय पूर्वाधार कार्यालय र मस्र्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरि भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend