२०८३, आश्विन २० गते

images
  • प्रमुख समाचार
  • मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन मन्त्री गुरुङद्वारा...

मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन मन्त्री गुरुङद्वारा उद्घाटन

मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन मन्त्री गुरुङद्वारा उद्घाटन

आइतवार, माघ २० २०८१०२:५६
आइतवार, माघ २० २०८१०२:५६
  • images

    काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । आइतबार  नेकपा एमाले केन्द्रीय उपमहासचिव, नेपाल सरकारका प्रबक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । 

    lamjung4.jpg

    शिलान्यास भएको १८ महिनामै भवन निर्माण गरिएको हो । भवनको पहिलो तल्ला अपाङ्गमैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहेको छ । भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ ।

    २८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ ।

    lamjung.jpg
    undefined

    प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको पालिका अध्यक्ष अर्जुन गुरुङले बताए । 

    २०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झौता भएको भवनको २०८१ फागुन १५ गते अध्यक्ष गुरुङले शिलान्यास गरि निर्माण कार्यको प्रारम्भ गरेका थिए । भवन निर्माणको लागि संघीय सरकार स्थानिय पूर्वाधार कार्यालय र मर्स्याङ्दी गाउँपालिकाले ६०/४० लागत बेहोर्ने गरि भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको थियो ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend