२०८३, आश्विन २० गते

images

आवासीय चिकित्सकहरुले आजदेखि पूर्णरुपमा ओपीडी सेवा बहिस्कार गर्ने

आवासीय चिकित्सकहरुले आजदेखि पूर्णरुपमा ओपीडी सेवा बहिस्कार गर्ने

मंगलवार, माघ २२ २०८१११:१५
मंगलवार, माघ २२ २०८१११:१५
  • images
     
    काठमाडौं । सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले आजदेखि ओपीडी सेवा बहिस्कार गर्ने भएका छन् । आन्दोलन थालेको ७ दिन बितिसक्दासमेत माग पूरा नभएपछि ओपीडी सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेका हुन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार गरेका थिए ।
     
    उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर÷प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गरेका थिए । आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।
     
    स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend