२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे...

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगे राष्ट्रपति

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी लिन अस्पताल पुगे राष्ट्रपति

आइतवार, फाल्गुण ४ २०८१११:०१
आइतवार, फाल्गुण ४ २०८१११:०१
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर बर्न अस्पताल पुगेका छन् । शनिबार पोखरामा भएको बेलुन विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यबारे जानकारी लिन उनी अस्पताल पुगेका हुन् ।

    उनी केहीबेर अघि अस्पताल पुगेको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

    उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् । 

    पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।

    ramchandra.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend