२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संघीय संसदको दुबै सदनको बैठक बस्दै,...

संघीय संसदको दुबै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसदको दुबै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मंगलवार, फाल्गुण ६ २०८१०७:३९
मंगलवार, फाल्गुण ६ २०८१०७:३९
  • images

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक मंगलबार पनि बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

    यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ पारित गर्न मन्त्री मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend