२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • वडासचिव माथि हातपात गर्ने वडाअध्यक्षलाई १०...

वडासचिव माथि हातपात गर्ने वडाअध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

वडासचिव माथि हातपात गर्ने वडाअध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

मंगलवार, फाल्गुण ६ २०८१०५:४१
मंगलवार, फाल्गुण ६ २०८१०५:४१
  • images

    काठमाडौँ । वडा सचिवमाथ आक्रमण गर्ने वडाअध्यक्षलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयल तनहुँले अनुमति दिएको छ । 

    सोमबार वडासचिप नवीन भुसालमाथि बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले कार्यकक्षमा हातपात गरेका थिए । 

    कर्मचारीको दबाब पछि सोमबार नै  पक्राउ गरेका उनलाई थप १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । 

    गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

    किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

    सम्बन्धीत समाचार :

    संसदको दुबै सदनमा उठ्यो वडाअध्यक्षले कर्मचारीमाथि हातपात गरेको विषय संसदको दुबै सदनमा उठ्यो वडाअध्यक्षले कर्मचारीमाथि हातपात गरेको विषय

    बन्दिपुर प्रकरणः कालोपट्टि बाँधेर विरोधमा उत्रिए राष्ट्रसेवक कर्मचारी बन्दिपुर प्रकरणः कालोपट्टि बाँधेर विरोधमा उत्रिए राष्ट्रसेवक कर्मचारी 

    तनहुँमा वडाअध्यक्षले कुटे वडा सचिवः घाँटीमा गहिरो चोट, चितवन मेडिकल कलेजमा उपचार हुँदै तनहुँमा वडाअध्यक्षले कुटे वडा सचिवः घाँटीमा गहिरो चोट, चितवन मेडिकल कलेजमा उपचार हुँदै

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend