काठमाडौं । जापानले अवैधरुपमा बसेका आप्रवासीहरूमाथि थप कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।
पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप पाँच नेपाली निष्काशितमा परेका छन्। स्रोतका अनुसार निष्काशित हुनेमा मगर, थापामगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एक/एक जना रहेका छन्।
उनीहरूमध्ये मगर, थापामगर, तामाङ जापानबाट कोरिया ट्रान्जिट हुँदै कोरियन एयरको जहाजबाट जापानले नेपाल फिर्ता पठाएको हो। त्यसैगरी गौचन र चेम्जोङ भारत ट्रान्जिट हुँदै एयर इन्डियाबाट काठमाडौं फिर्ता भएका हुन्। स्रोतका अनुसार गौचन भिसाको अवधि सकिएपछि काम गरिरहेका थिए भने गौचन अवैध ढंगले काम गरिरहेको भेटिएपछि नेपाल फिर्ता पठाएको हो।

