२०८३, आश्विन १९ गते

images

एसिया कपमा नेपालको पहिलो जित

एसिया कपमा नेपालको पहिलो जित

शुक्रवार, श्रावण ४ २०८१०६:२०
शुक्रवार, श्रावण ४ २०८१०६:२०
  • images

    काठमाडौं । वुमन एसिया कपमा नेपालले पहिलो जित निकालेको छ। यसअघिका दुई प्रतियोगितामा जितबिहीन रहेको नेपालले युएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो।

    दाम्बुल्ला इन्टरनेशनल स्टेडियममा भएको खेलमा युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

    नेपाललाई पहिलो जित दिलाउने क्रममा ओपनर सम्झना खड्काले उत्कृष्ट इनिङ खेलिन्। उनले ४५ बलमा ११ चौका प्रहार गर्दै नटआउट ७२ रन बनाइन्। योसँगै उनी एसिया कपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

    यस्तै, पूर्वकप्तान रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपालले १४ अतिरिक्त रन पाएको थियो।

    बलिङमा युएईकी कविसा इगोडागेले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिइन् भने लावन्या केनीले १ विकेट लिइन्।

    त्यसअघि पहिला ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। उसका लागि खुसी शर्माले सर्वाधिक ३४ रन बनाइन्। उनले ३५ बलमा २ चौका प्रहार गरिन्।

    यस्तै, कविसाले २७ बलमा २३ रन बनाइन्। कविसा र खुशीले पाँचौं विकेटका लािग ४१ बलमा ३२ रनको साझेदारी गरेका थिए। यस्तै, समाइरा धार्निधार्काले १३, कप्तान इशा ओजा र हिना होट्चान्दानीले समान १० रन बनाए।

    बलिङमा नेपालका लागि कप्तान इन्दू बर्माले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् भने कृतिका मरासिनी र सबनम राईले समान १ विकेट लिए। अब नेपालले आइतबार पाकिस्तानसँग खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend