२०८३, आश्विन २० गते

images
  • समाचार
  • सहकारीको एक अर्ब ४९ करोड हिनामिना,...

सहकारीको एक अर्ब ४९ करोड हिनामिना, पक्राउ परे पूर्व सञ्चालक

सहकारीको एक अर्ब ४९ करोड हिनामिना, पक्राउ परे पूर्व सञ्चालक

शुक्रवार, फाल्गुण ९ २०८११०:३०
शुक्रवार, फाल्गुण ९ २०८११०:३०
  • images

    काठमाडौँ । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 

    बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए ।

    पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend