२०८३, आश्विन १९ गते

images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतवार, फाल्गुण ११ २०८१०९:१५
आइतवार, फाल्गुण ११ २०८१०९:१५
  • images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend