२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई दियो ४...

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई दियो ४ बुँदे निर्देशन, के के छन् ?

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई दियो ४ बुँदे निर्देशन, के के छन् ?

सोमवार, फाल्गुण १९ २०८१०६:४२
सोमवार, फाल्गुण १९ २०८१०६:४२
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघदेखि स्थानीय तहसम्मका सबै निकायलाई कर्मचारीको रमानासम्बन्धी ४ बुँदे निर्देशन जारी गरेको छ ।

    संघीय तथा प्रादेशिक कर्मचारी शाखाद्वारा प्रेषित पत्रमा पदस्थापन सरुवा गरिएका, काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐनअनुसार कामकाजमा खटाइएका कर्मचारीलाई अहिलेसम्म रमाना नदिएको भन्दै पुनः ताकेता गरिएको छ ।

    स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका कर्मचारीलाई पनि रमाना नदिएकोरनलिएको भन्दै यसबाट सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

    त्यस्ता कर्मचारीलाई ५ दिनभित्र रमाना दिन, रमाना अवधि गुज्रिएकाको किरिया बिदा, बिरामी बिदा र प्रसूति बिदाबाहेक अरू बिदा स्वीकृत नगराउन, तलब हाकिम र लेखापालबाट भराउन र कार्यान्वयन नगरे कार्यालय प्रमुखलाई कारबाही गर्न भनिएको छ ।

    samanya-circular.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend