२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि...

१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि 'केपीएमजी'सहित ६ कम्पनी सर्टलिस्ट

१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि 'केपीएमजी'सहित ६ कम्पनी सर्टलिस्ट

मंगलवार, फाल्गुण २० २०८१०३:०९
मंगलवार, फाल्गुण २० २०८१०३:०९
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जा सम्पत्ति गुणस्तर मापन गर्नका लागि १० वटा कम्पनीहरुलाई संक्षिप्त सूची (सर्टलिस्ट)मा राखेको छ।

    राष्ट्र बैंकले लोन पोर्टफोलियो रिभ्युका लागि श्रीलंका, भारत र बंगलादेशका १० वटा अडिट कम्पनीलाई सर्टलिस्टमा राखेको हो ।

    सूचीमा पर्नेमा श्रीलंकाको डिलोइट पार्टनर्स, बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी छ भने भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ सर्भिस, मेहरा र जेकेएसएस एसएसबीडी आई जेभी र भारतीय र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर्स एमएसकेएस एन्ड एसोसिएट र एसआरबीए एन्ड बीके अग्रवाल एन्ड कम्पनी छनौट भएका छन्। 

    अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालका १० वाणिज्य बैंकहरूको कर्जा सम्पत्तिको गुणस्तर मापनका लागि विदेशी कम्पनीबाट अडिट गर्नुपर्ने शर्त राखेको थियो।

    यसअघि बैंकले अडिट प्रक्रियाका लागि विदेशी अडिट कन्सल्टेन्सीहरुमा प्रस्ताव आह्वान गरेको थियो भने प्राविधिकतर्फ भारतको केपीएमजी अडिट कम्पनी मात्रै आर्थिक प्रस्तावका लागि छनोट भएको थियो।


    तर उक्त कम्पनीले पनि लागत अनुमान र उपलब्ध बजेटभन्दा बढी लागतसहित प्रस्ताव गरेपछि राष्ट्र बैंकले सम्पूर्ण प्रस्ताव नै रद्द गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend