२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस-एमालेद्वारा...

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस-एमालेद्वारा सांसदलाई ह्विप

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस-एमालेद्वारा सांसदलाई ह्विप

मंगलवार, फाल्गुण २० २०८१०५:३०
मंगलवार, फाल्गुण २० २०८१०५:३०
  • images

    काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन् । 

    बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्‌बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।

    सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्‌मा पेस गर्ने भएको छ ।     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend