काठमाडौं । प्रहरी नायव निरीक्षक (सई) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सवारी साधनहरूलाई आवतजावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस-रिसवत लिएको आरोपमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

