२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधि सभाको बैठक बस्दै, ५ अध्यादेश...

प्रतिनिधि सभाको बैठक बस्दै, ५ अध्यादेश पेश हुने

प्रतिनिधि सभाको बैठक बस्दै, ५ अध्यादेश पेश हुने

बुधवार, फाल्गुण २१ २०८१०८:१७
बुधवार, फाल्गुण २१ २०८१०८:१७
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।  

    जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ । 

    सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका पाँचवटा अध्यादेश सदनमा प्रस्तुत गर्न लागेको हो।  

    वर्तमान सत्ता गठबन्धनमा रहेका जसपा नेपाल, लोसपा लगायतका दलले समर्थन जनाएका ५ वटा अध्यादेशलाई मात्रै सरकारले आज (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न लागेको हो। 

    हिजो बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने सहमति जुटेको थियो। 

    गएको माघ १८ गते नै सरकारले ६ अध्यादेश संसद्‍मा दर्ता गरेको थियो। ती अध्यादेश २४ माघमै संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्ने कार्यसूची थियो। तर, उपेन्द्र यादव नेतृत्वको जसपाले भूमि सम्बन्धि अध्यादेशमा आफ्नो समर्थन नरहने चेतावनी दिएपछि सरकारले त्यतिबेला अध्यादेशलाई प्रक्रियामा लगेको थिएन। 

    samsad suchi.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend