२०८३, आश्विन २० गते

images

नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

आइतवार, फाल्गुण २५ २०८११०:५९
आइतवार, फाल्गुण २५ २०८११०:५९
  • images

    काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ ।

    कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend