२०८३, आश्विन २० गते

images

७ महिनामा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब ६ करोडः कुनको कति ?

७ महिनामा वाणिज्य बैंकहरुको नाफा ३६ अर्ब ६ करोडः कुनको कति ?

सोमवार, फाल्गुण २६ २०८११२:३४
सोमवार, फाल्गुण २६ २०८११२:३४
  • images

    काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ रुपैयाँ खुद नाफा कमाएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा बैंकहरुको नाफा १.६२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।


    वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ महिनामा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड तथा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ४३ करोड कमाएको छ । यता, नेपाल बैंकको नाफामा सबैभन्दा आकर्षक सुधार आएको छ । गत वर्षको तुलनामा यसको नाफा १५६.३१ प्रतिशतले बढेको छ ।

    सबैभन्दा कम एनआइसी एसिया बैंकले जम्मा ४६ करोड ४७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । यता, सिटिजन्स, माछापुच्छ्रे, कुमारी, सिद्धार्थ र कृषि विकास बैंकको नाफा पनि १ अर्ब भन्दा तल रकेको छ । यसअवधिमा ११ बैंकको नाफा घट्दा ९ वटाको नाफामा भने वृद्धि देखिएको छ ।

    bank-profit-2081-Magh.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend