२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९...

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

महिला एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

आइतवार, श्रावण ६ २०८११०:१२
आइतवार, श्रावण ६ २०८११०:१२
  • images


    काठमाडौं । एसीसी महिला एसिया कपमा नेपाल आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल पाकिस्तासँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

    पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतकीय इनिङ खेलिन् । उनले ३५ बलमा १० वटा चौकाको सहयोगमा ५७ रन बनाइन् । यस्तै मुनिबा अलिले ३४ बलमा ८ चौकाको सहयोगमा ४६ रन बनाइन् । नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।

    त्यसअघि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो । नेपालका लागि कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन् । २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन् । 

    सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन् । पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन् भने फातिमा सानाले एक विकेट लिइन् । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend