२०८३, आश्विन १९ गते

images

हङकङसँग नेपाल २ रनले हार्‍यो

हङकङसँग नेपाल २ रनले हार्‍यो

सोमवार, फाल्गुण २६ २०८१०९:०७
सोमवार, फाल्गुण २६ २०८१०९:०७
  • images

    काठमाडौं । युगान्डामा जारी वुमेन्स टी-२० क्वाड्रान्गुलर सिरिज अन्तर्गत नेपाल हङकङसँग २ रनले पराजित भएको छ। हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ९८ रन बनाउन सक्यो। अन्तिम बलमा जितका लागि चार रन आवश्यक थियो, तर इस्वरी विष्टले मात्र एक रन लिन सकेपछि नेपाल पराजित भयो।

    नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको थियो। 

    नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन्। उनले ३३ बलमा दुई चौका प्रहार गरिन्। पूजा महतोले १९, बिन्दु रावलले १४, सना प्रविणले १० रन बनाउँदा रोमा थापा १३ रनमा अविजित रहिन्। अन्य ब्याटरले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्।

    हङकङका लागि नतासा माइल्सले सर्वाधिक ३५ र मारिको हिल्सले २१ रन बनाइन्। नेपालका लागि क्याप्टेन इन्दु बर्माले आफ्नो स्पेलमा १५ रन खर्चेर २ विकेट लिइन्। उनले १९औं ओभरमा मेडनसहित दुई विकेट लिएकी हुन्। इश्वरी विष्टले २ विकेट लिँदा पूजा महतो र रचना चौधरीको नाममा समान एक विकेट रह्यो।

    हङकङका लागि मारिको हिलले दुई विकेट लिइन्, भने एल्सन सिउ र क्यारी चानले समान एक/एक विकेट लिए। यससँगै प्रतियोगितामा नेपालको हो दोस्रो हार हो। पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।

    यस जितसँगै हङकङले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा युगान्डासँग आठ विकेटले पराजित भएको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend