२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • गभर्नर सिफारिस गर्न सरकारले बनायो अर्थमन्त्रीको...

गभर्नर सिफारिस गर्न सरकारले बनायो अर्थमन्त्रीको अध्यक्षतामा समिति

गभर्नर सिफारिस गर्न सरकारले बनायो अर्थमन्त्रीको अध्यक्षतामा समिति

बिहिवार, फाल्गुण २९ २०८१०९:५२
बिहिवार, फाल्गुण २९ २०८१०९:५२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडी बढेको छ । हालका गभर्नर महाप्रसाद अधिकारीको चैत्र २४ गते कार्यकाल सकिन लागेको हुनाले सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । 

    फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद डा. विश्व पौडेल सदस्य रहेको समिति बनाएको छ । 

    राष्ट्रबैंकको गभर्नर सिफारिस गर्ने समितिमा अर्थसमितिको सिफारिसमा पुर्वगभर्नर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित मध्येबाट एक जना सदस्य रहने गरि मन्त्रिपरिषदले सिफारिस गठन गर्ने कानुनी व्यवस्था रहेको छ ।

    यसपटक कांग्रेस र एमालेको संयुक्त सरकार रहेकाले दुई पार्टीबीच महत्वपूर्ण संवैधानिक अंग र निकायमा भागबन्डाको सहमति भएको छ । स्रोतका अनुसार निर्वाचन आयोग र नेपाल धितोपत्र बोर्ड एमालेको भागमा परेको छ । धितोपत्र बोर्डमा एमालेका सन्तोषनारायण श्रेष्ठ नियुक्त भइसकेका छन् । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाको कार्यकाल अन्तिम चरणमा पुगेको छ ।

    कांग्रेसलाई भने नेपाल राष्ट्र बैंकको गभर्नर र वीमा समिति अध्यक्ष भागमा परेको छ । वीमा समितिमा कांग्रेस निकट शरद ओझा नियुक्त भइसकेका छन् । गभर्नरको दौडमा ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा. गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ, सुशील भट्टलगायत रहेका छन् ।   

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend