२०८३, आश्विन २० गते

images

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

शनिवार, चैत्र २ २०८१०८:५१
शनिवार, चैत्र २ २०८१०८:५१
  • images

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।

    शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

    इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

    petroll.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend