२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • सबै स्थानीय तहलाई सामान्य प्रशासनको निर्देशनः...

सबै स्थानीय तहलाई सामान्य प्रशासनको निर्देशनः सार्वजनिक सेवामा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नु

सबै स्थानीय तहलाई सामान्य प्रशासनको निर्देशनः सार्वजनिक सेवामा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्नु

सोमवार, चैत्र ४ २०८१०४:१५
सोमवार, चैत्र ४ २०८१०४:१५
  • images

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न निर्देशन दिएको छ । 

    मन्त्रालयले आइतबार सबै स्थानीय तहलाई परिपत्र गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो । 

    फागुन ५ गते बसेको सचिव बैठकको निर्णय अनुसार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका सबै मन्त्रालयले अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सोही प्रयोजनका लागि प्रदेश तथा स्थानीय तहलाई कार्यान्वयनको लागि अनुरोध गर्ने भनि आएकोले सोही अनुसार कार्यान्वयन गर्न भन्दै मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको हो ।

    गत पुस पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका २०८१’ स्वीकृत गरेको थियो ।

    उक्त निर्देशिकामा स्वदेशी वस्तु सूचीमा स्टेसनरी, कार्यालयका सामान, छपाइ सम्बन्धी सामग्री छन् । यसैगरी पोसाक, कोसेली तथा उपहार, फर्निचर, फर्निसिङ, सरसफाइ, फ्लोरिकल्चर तथा साजसज्जा वस्तु र सामग्री राखिएको छ । निर्माण सामग्री, कृषि तथा पशुजन्य उत्पादन, खाद्य र पेय पदार्थ समेत स्वदेशी प्रयोग गर्नुपर्ने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend