२०८३, आश्विन २१ गते

images
  • विशेष
  • पोखराबाट पहिलो व्यवसायिक चाटर्ड उडान: १२६...

पोखराबाट पहिलो व्यवसायिक चाटर्ड उडान: १२६ यात्रु लिएर सिचुवान एयरलायन्सको छेन्दु उडान सुरु

पोखराबाट पहिलो व्यवसायिक चाटर्ड उडान: १२६ यात्रु लिएर सिचुवान एयरलायन्सको छेन्दु उडान सुरु

मंगलवार, चैत्र ५ २०८१०८:५०
मंगलवार, चैत्र ५ २०८१०८:५०
  • images

    काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबार पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान चीनको सिचुवान प्रान्तको छेन्दु उडान हुँदै सुरु भएको छ। यस उडानमा १२६ यात्रु सिचुवान प्रान्तको छेन्दु जाँदैछन्।

    पोखरेली जनसमुदायको लामो समयदेखि माग र सरकारी तथा निजी क्षेत्रको संयुक्त प्रयासका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक व्यावसायिक ‘चाटर्ड’ उडान सुरु भएको हो। सिचुवान एयरलायन्सले छेन्दुबाट ३ वटा चाटर्ड उडान गर्ने सुनिश्चितता गरेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन्।

    उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो। सापकोटाका अनुसार, ३ वटा चाटर्ड उडानपछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाउने छ।

    चाटर्ड उडानका लागि एयरलायन्सले भाडादर ६२ हजार रुपैयाँ तोकेको छ। ३ वटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने तयारी भइरहेको छ। पोखरा-छेन्दु उडानले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यक्त गरे।

    पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास र निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहलमा पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलायन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो व्यवसायिक चाटर्ड उडान सुरु भएको हो।

    पहिलो उडानका क्रममा ७ रात र ८ दिनसम्मको कार्यक्रम तय गरिएको छ, जसमा सिचुवान प्रान्तका प्रमुख स्थलहरूमा पर्यटन विकासका बारेमा जानकारी दिइनेछ।

    नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा नेपाल इभिङ र सेल्स मिसन पनि गरिने छ। पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ, र यसले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend