२०८३, आश्विन २० गते

images

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा चल्ने

त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा चल्ने

बिहिवार, चैत्र ७ २०८१०३:१०
बिहिवार, चैत्र ७ २०८१०३:१०
  • images

    काठमाडौं ।  दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । आगामी १९ चैतबाट विमानस्थलको सञ्चालन अवधि बढाउन लागिएको हो । समय लम्बिएसँगै अब उडान सङ्ख्या पनि थपिने अधिकारीहरुले बताएका छन्।

    मुलुकलाई बाँकी विश्वसँग जोड्ने प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा यअघि उडान अवधि र सङ्ख्या कटौती गरिएको थियो। विमानस्थलको ह्याङ्गर एप्रोन र ट्याक्सी वेलगायत पूर्वाधारको निर्माणका लागि भनेर गएको कार्तिकदेखि विमानस्थलको सञ्चालन अवधि घटाइएको थियो ।

    निर्माणकार्यमा प्रगति भएपछि अहिले दैनिक १६ घण्टा विमानस्थल सञ्चालनमा रहेको अधिकारीहरुले बताएका छन् । त्यसमा थप २ घण्टा सञ्चालन अवधि लम्ब्याउन लागिएको छ ।

    विमानस्थल व्यवस्थापनले अंग्रेजि महिनाका आधारमा उडान तालिकाहरु जारी गर्ने गरेको छ । मार्च अन्त्यसम्म अर्थात् मध्ये चैतमाउसले अन्तिममा गृष्म ऋतुको उडान तालिका सार्वजनिक गर्दा कम्तीमा दुईटा वायुसेवाले नेपालमा थप उडान गर्न लागेको विमानस्थल प्रशासनले जनाएको छ ।

    अहिलेसम्म विमानस्थल निर्माणमा ७० प्रतिशत काम सकिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ले विमानस्थलमा निर्माणका कामहरु अघि बढाएको छ ।

    उक्त आयोजनाका अनुसार चैतभित्रै विमानस्थलको धावनमार्ग छेउछाउका कामहरू सम्पन्न भइसक्ने छन् । अहिले धावनमार्ग नै बन्द गरेर त्यहाँबाट दायाँबायाँ ७५ मिटरसम्म नयाँ ट्याक्सीवे जोड्ने काम भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend