२०८३, आश्विन १९ गते

images

भारतले व्यवस्था परिवर्तन चाहेको छैनः परराष्ट्रमन्त्री

भारतले व्यवस्था परिवर्तन चाहेको छैनः परराष्ट्रमन्त्री

शुक्रवार, चैत्र ८ २०८१०५:१९
शुक्रवार, चैत्र ८ २०८१०५:१९
  • images

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्ष अहिलेको व्यवस्था परिवर्तनबिरुद्ध नरहेको बताएकी छन्। उनले भारतीय पक्षले  नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी हुन्।

    भारतको एक साताभन्दा लामो भ्रमण सकेर शुक्रबार फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्- ‘भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको पाएकी छु।’

    उनले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उनीहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफूले पाएको जिकिर सञ्चारकर्मीहरूसँग गरेकी थिइन् । ‘सरकार नै परिवर्तन गर्ने, व्यवस्था न परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ,’ उनले भनिन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्ध तीक्ततापूर्ण रहेका कारण भारतले प्रधानमन्त्री ओलीलाई अहिलेसम्म पनि भ्रमणमा बोलाएको छैन।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend