२०८३, आश्विन २० गते

images
  • समाचार
  • स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

मंगलवार, चैत्र १२ २०८१०३:२८
मंगलवार, चैत्र १२ २०८१०३:२८
  • images

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

    थापाको नियुक्तिपछि स्वास्थ्य बिमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए। तपाईंको नेतृत्वमा स्वास्थ्य बिमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु, मन्त्री पौडेलले भने।

    बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भैसकेका छन्। मन्त्री पौडेलले स्वास्थ्य बिमाको सुधार र स्वास्थ्य बिमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन्।

    हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्पहरू प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन्। बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले सो अवसरमा बताए।
    अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन्। उनी बोर्डको यसअघि सदस्य रहि सकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend